नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सिद्धिचरण पार्क ब्यबस्थित गर्न बजेट विनियोजनको पहल गर्छु ः सभामुख गौतम

ओखलढुङ्गान्युज १९ माघ, ओखलढुङ्गा ओखलढुङ्गा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद बाबुराम गौतम आफु प्रदेश सभाको सभामुख पदमा निर्वाचित भएपछि पहिलो पटक ओखलढुङ्गा आएका छन् । गृह जिल्ला आएका सभामुख गौतमलाई जिल्लावासीहरुले भव्य स्वागत गरेका छन् ।

ओखलढुङ्गा आईपुगेका सभामुख गौतमले विहिबार विहानै सिद्धिचरण पार्कमा पुगि युगकवि सिद्धिचरण श्रेष्ठको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पण गर्दै सभामुख गौतमले पार्कलाई थप व्यबस्थित गर्न प्रदेश सरकारको तर्फवाट बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सभामुख गौतमले सिद्धिचरण पार्क र श्रष्टा पार्कलाई थप ब्यबस्थित गर्दै भ्रमणका लागि आउने पर्यटकहरुलाई पार्कमा आएर सुन्दर दृश्यावलोकनसँगै केहि समय बसेर शान्तिको स्वास लिनसक्ने गरि विकास गर्ने प्रतिबद्धता जनाए । पार्कको विकाससँगै भ्रमणमा आउने पर्यटकलाई कम्तीमा दुई घण्टासम्म पार्कमा रहि सुन्दर दृश्यावलोकन गर्ने वातावरण बनाउन आगामी आर्थिक वर्षमा बजेट व्यबस्थाका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।