नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

दुर्घटना अपडेट : ७ घाइते, ३ जनाको अबस्था गम्भिर

ओखलढुङ्गान्युज । १८ माघ, ओखलढुङ्गा । बुधबार दिउँसो ओखलढुङ्गाबाट धरान तर्फ जाँदै गरेको प्रदेश १-०७-००१ ज ००१५ नम्बर फोर्स गाडी दुर्घटना भएको छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार भएका मध्ये चालक सहित ७ जना घाईते भएका छन् । 

घटनामा परी घाईते भएकाहरुमध्ये ३ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । दुर्घटनामा परी घाईते भएकाहरुको नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरि उदयपुरको घुर्मी पठाएका छन् । उनीहरुको अहिले आस्था मेडिकेयर अस्पताल घुर्मीमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

गाडी बुधबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को हिलेपानी भन्ज्याङ नजिकै दुर्घटनामा परेको हो । गाडी सडकको भित्तामा पल्टिएको छ । गाडीको ब्रेक फेल हुदा चालकले गाडि भित्तामा ठोक्कार पल्टाएको आशंका गरिएको छ । गम्भिर घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौँ तर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहुनेहरुमा गाडी चालक चिशंखुगढी गाउँ ३ ओखलढुङ्गाका खगेन्द्र कुमार घिमिरे, वडा नं ६ की ६२ बर्षिया इन्द्र कुमारी खड्का, वडा नं १ की ४५ बर्षिया महिना कुमारी खड्का, वडा नं. ४ का गोविन्द खड्का रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिका वडा नं. ४ का ३० बर्षिय युवराज कटवाल, ६० बर्षका जित बहादुर कटवाल र झापा गौरादहका ४४ बर्षका रेवती प्रसाद धमला रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।