नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुमा महामारीको रुपमा पशुमा फैलिएको रोग खोरेत भएको प्रमाणित

ओखलढुङ्गान्युज १७ माघ, यसम गत एक महिना देखि जिल्लाको लिखु गाउँपालिकाका विभिन्न वडाहरुमा पशु चौपायाहरुमा महामारी फैलिएको छ । महामारीको रुपमा फैलिएको उक्त रोग खोरेत नै भएको पशुपञ्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा हरिहर भवन ललितपुरले जनाएको छ ।

पालिकाका विभिन्न वडाहरुमा गत डेढ महिनाको अबधि उक्त रोगका कारण ६० भन्दा बढि पशु चौपायाहरु मरेका छन् । खोरेत रोगको महामारी हाल लिखु गाउँपालिकाको वडा नं. १ र २ (सिंहदेवी), वडा नं. ३ (नर्मदेश्वर), वडा नं. ६ (गाम्नाङ्गटार खाल्टे) र वडा नं. ८(टारकेरावारी) मा फैलिएको पाईएको लिखु गाँउपालिकाको पशुपञ्छी विकास शाखा प्रमुख राजकुमार कटवालले जानकारी दिए ।

पुष महिनाको सुरुदेखि नै पालिकाका विभिन्न वडाहरुमा उक्त रोग फैलिए पनि वडा नं. ८ का वडा अध्यक्ष पुरुषोत्तम पौडेलले पुष १७ चिठ्ठी नै लेखेर गाउँपालिकालाई रोग नियन्त्रणका लागि अनुरोध गरेका थिए । वडा कार्यालयवाट चिठि आएपछि पालिकाको पशुपञ्छी शाखा र गाउँपालिकाको पहलमा रोग पहिचानका लागि पशुपञ्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा ललितपुरवाट प्राबिधिक झिकाईएको थियो । प्राविधिक डक्टरको टीमले नमुना संकलन गरि परिक्षण गर्दा खोरेत रोग भएको पुष्टि भएको गाउँपालिकाका पशुपञ्छी विकास शाखा प्रमुख कटवालले जानकारी दिए ।

रोगको महामारी फैलिएको थाहापाएक.पछि गाउँपालिकाले शाखा मार्फत ८ सय भन्दा बढि पशुचौपायाहरुलाई खोरेत विरुद्धको खोप प्रदान गरेको शाखा प्रमुख कटवालले बताए । खोप प्रखान गरेपनि रोग नियन्त्रणमा भने अझै आउन नसकेको कटवालको भनाई छ । पालिकामा रहेको शाखाले मात्र नसकेपछि रोग नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन पालिका तथा शाखाको तर्फवाट पशुपञ्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा ललितपुर, पशुपञ्छी रोग अन्वेषण तथा प्रयोगशाला विराटनगर तथा भेटेरीनरी अस्पताल तथा पशुपञ्छी सेवा विज्ञ केन्द्र ओखलढुङ्गालाई चिठी मार्फत अनुरोध गरेको छ ।

कसरी चिन्ने खोरेत ?

पशुचौपायाले एक्कासी दाना, पानी, घाँस खान छाडे, ज्वरो आए, धेरै ¥याल काढे, बसेको स्थानवाट उठ्न नसक्ने भए, खुरहरुमा घाउहरु आएमा त्यो खोरेत रोग हुन सक्छ ।

कसरी बच्ने ?

यो खोरेत रोग सिमा विहिन र अति संक्रमणशील तथा अति महामारी सरुवा रोग हो । पशु चौपायामा लाग्ने खोरेत रोग मानिसमा भने सर्दैन । तर मानिसको माध्यम मार्फत अन्य पशुचौपायाहरुमा सर्न सक्छ । त्यसैले पशुचौपायासँग प्रत्यक्ष समावेश भएर गरिने गतिबिधीहरुमा पशुपालक कृषकहरु आफै नै सचेत हुनुपर्दछ ।

घरमा रहेको पशुचौपायाहरुमा खोरेत रोगको आशंका भएमा ति पशुचौपायाहरुलाई आपशु चौपायामा लाग्ने खोरेत रोग मानिसमा भने सर्दैन । तर मानिसको माध्यम मार्फत अन्य पशुचौपायाहरुमा सर्न सक्छ । त्यसैले पशुचौपायासँग प्रत्यक्ष समावेश भएर गरिने गतिबिधीहरुमा पशुपालक कृषकहरु आफै नै सचेत हुनुपर्दछ ।

घरमा रहेको पशुचौपायाहरुमा खोरेत रोगको आशंका भएमा ति पशुचौपायाहरुलाई आफ्नो बथानबाट छुट्टाएर टाढा राख्नुपर्छ । ¥याल काढीरहने पशुचौपायाको मुखमा घाउहुनसक्छ । यदि घाँउ भएमा (मुख वा खुट्टामा) स्थानीय स्तरमा पाईने फिटकिरीलाई पानीमा भिजाएर नियमित सफा गरिदिनुपर्छ । विरामी भएका पशुचौपायालाई दाना पानी दिएपछि वा उपचारका क्रममा सहभागी भएपछि आफ्नो सरसफाई गरेर मात्र अन्य पशुचौपाया भएका स्थानमा जानुपर्दछ ।

धेरै घाउ भए, धेरै ज्वरो आएमा पशुचिकित्सकहरुले सिफारिस गरेको मल्हम लगाउनुका साथै एन्टिवायोटिक औषधी समेत प्रयोग गर्नुपर्छ । रोग देखा परेको छ भने रोग देखा नपरेका पशुचौपायालाई खोरेत विरुद्धको खोप पनि दिनुपर्छ । यस्तो रोग धेरै देखिएमा नजिकैको पशुचिकित्सकहरुलाई बोलाएर उनीहरुको सल्लाह बमोजिम उपचार गर्नुपर्छ ।