नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

साताको दोस्रो दिन पनि घट्यो शेयर बजार

ओखलढुङ्गान्युज । १६ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन शोमबार पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शोमबार नेप्से परिसूचक ४१ अंकले घटेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार शोमबार भने भारी अंकले घटेको हो ।

सोमबार नेप्से परिसुचक १ दशमलव ८९ प्रतिशतले घटेर २ हजार १ सय २७ दशमलव ५२ को विन्दुमा झरेको छ । नेप्से परिसुचकसंगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

शोमबार दिनभर भएका ५७ हजार १ सय २६ कारोबारबाट २ सय ५६ कम्पनीका ८८ लाख ३६ लाख ४ सय ८८ कित्ता शेयर किनबेच भएका छन् । शोमबार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५ रुपैयाँको सेयर कारोबार भएको छ ।