नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पोखरीमा डुवेर ओखलढुङ्गामा एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज । ३ माघ, ओखलढुङ्गा । पानी पोखरीमा डुवेर ओखलढुङ्गामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ९ माधवपुरकी ४५ बर्षिया कुमारी राई रहेकी छन् । गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

राइलाइ आज (मंगलबार) बिहान घर नजिकै रहेको गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । राइको तत्कालै उद्धार गरि घर लगिए पनि उनको मृत्यृ भैसकेको पाईएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ मानेभञ्ज्याङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालबाट समेत प्रहरीको टोली घटनस्थलतर्फ प्रस्थान गरेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा मृतक राईको पहिल्यै देखि स्वास्थ्यमा समस्या रहेको बुझिएको प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।

घटना बारे थप अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।