नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आयल निगमले घटायो डिजेल र पेट्रोलको मूल्य

ओखलढुङ्गान्युज । २५ पुष, काठमाडौं । आइतबार मध्य रातिदेखि लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो ।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १ दशमलव ४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ । 

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर १ सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १ दशमलव ६४ अमेरिकी डलर रहेको थियो । पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले यसपटक खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय कायम छ।

गत पुषको दोस्रो साता निर्वाचित भएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए ।