नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

प्रदेश नं. १ का सांसदले आज (शोमबार) लिए सपथ

फायल तस्विर

ओखलढुङ्गान्युज ११ पुष, विराटनगर शोमबार (आज) प्रदेश नं. १ का नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश सांसदले शोमबार दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालय प्रदेश नं. १ ले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएको थियो। त्यसपछि सभाध्यक्ष गनगाईंले प्रदेश सभाका अन्य ९२ जना सांसदलाई शपथ गराउनुभएको हो ।

शोमबार भएको सपथ ग्रहण कार्यक्रममा प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएको छन् । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू) मा शपथ लिएको पनि प्रदेश सभा सचिवालय विराटनगरले जनाएको छ ।