नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

एमाले प्रदेश १ संसदीय दलको नेतामा कार्की निर्वाचित

ओखलढुङ्गान्युज १० पुष, विराटनगर प्रदेश नं. १ को नेकपा एमालेको संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आईतबार बसेको एमाले प्रदेश नं .१ के संसदीय दलको बैठकले कार्कीलाई निर्विरोध दलको नेतामा चयन गरेको हो ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् । यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन् ।

दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै कार्कीलाई अब प्रदेश नं. १ को मुख्यमन्त्री हुनेबाटो पनि खुलेको छ । प्रदेश नं. १ मा एमालेको नेतृत्वमा सरकार बनेमा कार्की नै मुख्यमन्त्री बन्ने एमाले नेताहरुले बताएका छन् ।