नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

खोटाङका आगलागी पीडितलाई प्रदेश सरकारले पठायो राहत

तस्वीर ः दमन राई, खोटाङ

ओखलढुङ्गान्युज पुष, विराटनगर प्रदेश १ सरकारले खोटाङको आगलागी पिडितलाई राहत सामाग्री पठाएको छ । प्रदेश सरकारले खोटाङको केपिलासगढि गाउँपालिका ४ बाक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि राहत सामग्री पठाएको हो ।

विहिवार विहानै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामाग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको छ । आगलागी पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताउनुभएको थियो ।

मन्त्री कार्कीको प्रतिबद्धता अनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गत मंगलबार बाक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको थियो ।