नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रालोदो प्रतिष्ठान ओखलढुङ्गाको अध्यक्षमा बालकुमार श्रेष्ठ निर्वाचित

ओखलढुङ्गान्युज २५ मंसिर, पलापु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाको अध्यक्षमा बालकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार अबेर राति सम्पन्न भएको पाचौं जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा पछि ५ जना मनोनित गर्ने गरि २४ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 

श्रेष्ठको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष कविता खत्री, द्वितिय उपाध्यक्ष दिर्ग गदाईली, महिला उपाध्यक्ष विष्णुमाया श्रेष्ठ (सिमा) निर्वाचित भएका छन् । त्यस्तै समितिका सचिवमा केशब गदाईली, कोषाध्यक्षमा पूर्ण विश्वकर्मा, सहसचिवमा सिद्धार्थ आलेमगर र सहकोषाध्यक्षमा नारायण राई निर्वाचित भएका छन् ।

त्यसैगरि जिल्ला सम्मेलनले प्रचार प्रसार संयोजकमा विष्णु रिजाल, प्रबक्तामा अर्जुन घिमिरे, महिला संयोजकमा सीता नेपाली, कार्यक्रम संयोजकमा बेद बहादुर बुढाथोकीलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा विमला सुनुवार, शर्मिलादेवी खड्का, गंगामाया दुराल, झनक बहादुर बुढाथोकी, जितेन्द्र दियाली, रोजीना मगर र अजय नेपाली निर्वाचित भएका छन् भने बाँकी ५ जनालाई पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिए ।

नवनिर्वाचित जिल्ला समितिका सदस्यहरुलाई प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय उपमहासचिव शिव हमाल, विशेष अतिथि केन्द्रिय उपकोषाध्यक्ष पूर्णकला विसी, केन्द्रिय सदस्य पिएन सापकोटा, विष्णु घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित सांसद प्रदिप कुमार सुनुवार, निवर्तमान अध्यक्ष सपना सुनाम लगायतले सिंदुर, खादा, माला लगाएर सम्मान सहित शुभकामना दिएका थिए ।