नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

लडेर ओखलढुङ्गामा एकजनाको मृत्यु

ओखलढुङ्गान्युज । १८ मंसिर, ओखलढुङ्गा । घर नजिकैको  बारीको कान्लाबाट लडेर ओखलढुङ्गामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ३, अँधेरीनारायणस्थानका ६८ बर्षिय जसराज राई रहेका छन् ।

मृतक राइ हिजो (शनिबार) दिउँसो देखी नै मादक पदार्थ सेवन गरेको अवस्थामा गाउँमा भेटिएको स्थानीयले बताएका छन् । रक्सिले मातेका राई राती घर फर्किएका थिएनन् । आज बिहान उनकै जेठो छोराले आफ्ना नानीहरुलाई विद्यालय लैजाने क्रममा उनलाई आफ्नै बारीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनस्थलतर्फ पठाइएको प्रहरी प्रमुख खनालले जानकारी दिए । मृतक राईको शबलाइ प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

लडेर मृत्यु भएको घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।