नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

खोटाङमा बस दुर्घटना, चालक सहित चार घाइते

ओखलढुङ्गान्युज । १८ मंसिर, खोटाङ। आइतवार बिहान खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ‌। ब्रेक फेल भएको बस सडकमा पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइते भएकाहरुको टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेको छ । घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

बसको ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताएका छन् । चालक र सहचालक सहित बसमा पाँच जना सवार रहेका थिए  ।