नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा प्रदेश सभा १ मा नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार विजयी

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीप कुमार सुनुवार विजयी भएका छन् ।

विजयी भएका सुनुवार १४ हजार ९ सय १६ मतका साथ विजयी भएका हुन् । सुनुवारका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्विरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत पाए । 

त्यस्तै यस क्षेत्रमा जनता समाजवादी पार्टीका खेमराज खड्काले १ हजार ८०, नेशनल मंगोल अर्गनाइजेशनका लाक्पा शेर्पा १०८ र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीले ६६ मत पाएका छन् ।