नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गा प्रदेश निर्वाचन क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा, फेरि उछिने बाबुरामले   

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ओखलढुङ्गामा गठवन्धनका बाबुराम गौतमले एमालेका जिवी खड्कालाइ फेरी उछिनेका छन् । जिल्लाको सुनकोशी गाउँपालिकाको मतगणना सम्पन्न गर्दा १९३ मतले पछि परेका गौतम चम्पादेवी गाउँपालिकाको वडा नं १ र २ को मतगणना सकाउदा एमालेका जिवी खड्कालाइ पछि पार्दै अगाडी बढेका हुन् ।

पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार एमालेका जिवी खड्काले ८ हजार १ सय ३७ मत पाएका छन् भने माओवादी केन्द्रका बाबुराम गौतमले ८ हजार २ सय ४६ मत पाएका छन् ।