नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बल्ल सुरु भयो ओखलढुङ्गाको मतगणना

ओखलढुङ्गान्युज मंसिर, ओखलढुङ्गा विवादका कारण अबरुद्ध रहेको ओखलढुङ्गा मतगणना निर्वाचन आयोगको निर्णय पछि सुरु भएको छ । दिउसो बसेको सर्बदलीय बैठकमा विवाद भई सहमती हुन नसक्दा अबरुद्ध भएको मतगणना सुरु हुन लागेको हो ।

लिखु गाउँपालिकाको वडा नं. ८ मा रहेको जाल्पा माविमा प्रदेश सभा प्रत्यक्ष तर्फको मतपत्र प्रतिनिधी सभा प्रत्यक्ष तर्फ खसेकोमा उक्त मतपत्रलाई के गर्ने भन्ने विषयमा विवाद हुदा शोमबार दिउसो २ बजेवाट गर्ने भनेको मतगणना अबरुद्ध भएको थियो । सर्बदलीय बैठकमा सहमती हुन नसक्दा अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई दिने र प्रदेश सभा तर्फको भने मतगणना सुरुवात गर्ने सहमती भएको थियो ।

प्रतिनिधी सभा तर्फको विषयको टुङ्गो नलागी प्रदेश सभाको मात्र मतगणना गर्न नहुने भन्ने गठबन्धनको मागका कारण मतगणना स्थगित भएको थियो । विवाद भएको विषयमा प्रदेश सभाको निर्वाचनको मतपत्र भन्दा बढी संख्यामा अर्को मतपेटिकामा खसेको अबस्थामा त्यो मतपत्र बदर हुने निर्णयपछि मतगणना सुरुवात हुन लागेको हो ।

मतगणना सुरुवात भएर ५ सय मत गणना भएपछि प्रत्येक ५ सयको गणना पश्चात उमेदवारहरुले पाएको मतपरिणाम सार्वजनिक गर्नेपनि सर्बदलिय बैठकमा सहमति भएको छ । आईतबार सम्पन्न भएको मतदानमा ओखलढुंगामा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ३१ हजार ४ सय ६३ र निर्वाचन क्षेत्र नं. २ मा ३३ हजार ५ सय २९ मत गरि कुल ६४ हजार ९ सय ९२ मत खसेको छ ।