नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा ४ बजेबाट मतगणना सुरु हुने 

ओखलढुङ्गान्युज । ५ मंसिर, ओखलढुङ्गा । सर्वदलीय बैठकले आज ४ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य तर्फको मतगणनाको बारेमा विवाद भै सहमति हुन नसक्दा विवाद समाधानका लागि केन्द्रको निर्णय पर्खने सहमति भएको बैठकमा सहभागी कांग्रेसका प्रतिनिधि प्रदिप कुमार बानियाँले जानकारी दिए ।

प्रदेश सभाको मतगणना भने प्रदेश नं. १ को खिजीदेम्बा गाउँपालिकाबाट र २ को लिखु गाउँपालिकाबाट सुरुवात हुनेछ।