नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै


ओखलढुङ्गान्युज । ५ मंसिर, ओखलढुङ्गा । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको मत गणना कार्य तयारी गरिएको छ । मतगणनाका लागि मत गणना स्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

आइतबार साँझ ५ बजे मतदान कार्य सकिएको भए पनि भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समस्या हुँदा ओखलढुङ्गाको मत गणना कार्य ढिलाई भएको हो । जिल्लाको आठवटा स्थानियतह मध्ये सातवटा स्थानीय तहको स्थानीय तहको मतपेटिका सोमबार बिहानै आइपुगेको छ । गाडीमा समस्या हुँदा लिखु गाउँपालिकाको मतपेटिका भने आइपुग्न ढिलाइ भएकोले मत गणना कार्य ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।

लिखु गाउँपालिकाको मतपेटिका आइपुग्न साथ सर्वदलीय बैठकको तयारी थालिएको छ । सर्वदलीय बैठक बसेर जिल्लाको प्रत्यक्ष प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य तर्फको मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।