नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा ५६ प्रतिशत मत खस्यो, मतगणना शोमबारबाट मात्रै

ओखलढुङ्गान्युज । ४ मंसिर, ओखलढुङ्गा । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा ५६ प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाको कुल मतदाता मध्ये करिब ५६ प्रतिशतले मत खसेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार जिल्लामा रहेको १५४ मतदान केन्द्र मध्ये जिल्ला कारागार मतदान केन्द्रमा भने सतप्रतिशत मत खसेको छ । जिल्ला कारागारमा रहेका २५ जना कैदिबन्दी सबैले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक तर्फ मतदान गरेका हुन् ।

आइतबार सम्पन्न भएको मतदान पश्चात जिल्लामा मतपत्र सहितको मतपेटिका आउने क्रम सुरु भएको छ । सदरमुकाम आसपासका केहि मतपेटिकाहरु आउन लागेका छन् । टाढाको मतपेटिका भने शोमबार विहान सम्म आइपुग्ने जिल्ला निर्वाचन अधिकारी न्यौपानेले बताए ।

निर्वाचन अधिकारी न्यौपानेका अनुसार जिल्ला सदरमुकाममा सबै मतपेटिका जम्मा भएपश्चात शोमबार विहान सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरुवात हुनेछ । यसपटकको मतगणना जिल्ला पशु तथा भेटेरिनरी अस्पतालको भवनमा गर्ने गरि तयारी गरिएको छ ।