नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मोलुङमा भेटिएको बस्तु‌ बम भएको पुष्टि, सेनाद्वारा डिस्पोज

ओखलढुङ्गान्युज । ३ मंशिर, ओखलढुङ्गा । शनिवार विहानै ओखलढुङ्गामा भेटिएको संकास्पद बस्तु बम नै भएको पुष्टी भएको छ । भेटिएको उक्त दुवै बमलाइ नेपाली सेनाले डिस्पोज गरेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका वडा नं ३ र ४ जोड्ने कुलखोला माथिको पक्की पुलमा पुलको दुवै तर्फ बम भेटिएको थियो । पुलको एकातर्फ क्यानबम र अर्कातिर प्रेसरकुकर बम फेला परेको थियो । पुलमा भएको दुवै बमलाइ जिल्ला सदरमुकाम ओखलढुङ्गा बाट गएको नेपाली सेनाको अरिदमन गणका तालिम प्राप्त टीमले बम डिस्फोजर गरेको हो ।

सेनाले बम डिस्पोज गराउने क्रममा ठूलो आवाज आएको हर्कपुरबाट मेनुका खत्रीले जानकारी दिइन । खत्रीका अनुसार बम डिस्पोज गराउनु अगाडी बम रहेको स्थानबाट ५ सय मिटर आसपासमा मानिसको उपस्थिति खाली गराएको थियो ।

बम राखिएको स्थान वरपर वैद्य समूह नेकपा (क्रान्तिकारी माओवादी) को चुनाव बहिस्कार सम्बन्धिको पोष्टर, पर्चा भेटिएको स्थानीयले बताएका छन् । चुनावका लागि सुरक्षा चुनौती सामान्य मानिएको ओखलढुङ्गामा बम भेटिएपछि नागरिकमा भने केहि त्रास फैलिएको छ ।