नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

भ्रमपूर्ण दुष्प्रचारको विश्वास नगर्न प्रदिप सुनुवारको अपिल

ओखलढुङ्गान्युज । ३० कातिक, ओखलढुङ्गा । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आउन अब ५ दिन बाँकी छ । निर्वाचन नजिक आउदै गर्दा राजनितिक दलका नेताहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिब्रता पारेका छन् । चुनावी प्रचार प्रसारलाई तिव्रता दिने क्रममा उमेदवारहरुको पक्षविपक्षमा रहेर भ्रामक दुष्प्रचार समेत बढ्न थालेको छ ।

यसैक्रममा प्रदेश सभा निर्वाचन ओखलढुङ्गा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फवाट उमेदवार बनेका प्रदिप कुमार सुनुवारले आफु विरुद्ध भ्रामक दुष्प्रचार भैरहेको भन्दै भ्रममा नपर्न मतदाताहरुलाई अपिल गरेका छन् । सुनुवारले मंगलबार एक विज्ञप्ती जारी गर्दै शेर्पा संघको नामवाट शोमबार जारी गरिएको भ्रामक विज्ञप्ती र त्यसका आधारमा प्रचारमा ल्याईएको समाचारको खण्डन गरेका हुन् ।

उमेदवार सुनुवारले विज्ञप्ती मार्फत नै आफसले शेर्पा समुदायलाई अपमान हुने अभिव्यक्ति दिएको भनेर दुष्प्रचार भएको भन्दै त्यस्ता गलत र मतदाता भड्काउने षडयन्त्र भएको भन्दै आपत्ती जनाएका हुन् । सुनुवारले लामो समयदेखी शेर्पा समुदायको धर्म, संस्कृति, संस्कार र परम्परामा लागेको भन्दै त्यस विषयमा आफु प्रतिबद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

शेर्पा संघ ओखलढुङ्गाको नामवाट शोमबार जारी गरिएको एक विज्ञप्तीमा उमेदवार सुनुवारले शेर्पा समुदायलाई चोट पर्ने र जातीय द्वेष फैलाउने अभिव्यक्ति दिएको आरोप लगाईएको थियो ।

विज्ञप्ती