नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चुनावको अबसरमा नेपाल टेलिकमको २० जिवी डाटा अफर

ओखलढुङ्गान्युज २७ कातिक, काठमाण्डौं आगामी मंशिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अबसरमानेपाल टेलिकमले सेवाग्राहीहरुलाई डाटा अफर ल्याएको छ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ ।

टेलिकमको यस अफर अन्तर्गत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु पनि उपलब्ध गराइएको छ । टेलिकमले डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा मात्र उपलब्ध गराएको छ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने जम्मा रु. ९८ मा ६ जीबी डाटा प्याक उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमको उक्त सेवा *१४१५#११# डायल गरेर दिएको निर्देशन अनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।