नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

पश्चिम नेपालमा मध्यरातमा ४ भूकम्प, ३ को मृत्यु

ओखलढुङ्गान्युज । २३ कातिक, काठमाडौं । नेपालको पश्चिम क्षेत्र डोटीमा मंगलबार बेलुकी देखी बुधबार विहान सम्म पटकपटक भूकम्प गएको छ । भूकम्पका भौतिक संरचना भत्कदा यो समाचार तयार पार्दासम्म सम्म ३ जनाको मृत्यु भएको छ ।

बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुन्जलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । डाेटीमा बुधबार विहान राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

डोटीमा गएको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँमा ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ । मध्यरातमा गएको भूकम्पको धक्काका कारण पश्चिम नेपालको अधिकांस जिल्लाका नागरिकहरु त्रसित बनेका थिए । भूकम्पका कारण कहाँ, कति र कस्तो खालको क्षति भयो भनेर विस्तृत विवरण भने आउन बाँकी छ ।