नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा आफ्नै बाबुले गरे दुई वर्षिया छोरीको हत्या

विएन श्रेष्ठ । २२ कातिक, ओखलढुङ्गा । ओखलढुङ्गामा शोमबार साँझ आफ्नै बाबुले नाबालीका  छोरीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ३ अधेरीनारायणस्थानमा दुई वर्षीया बालिकाको आफ्नै बाबुले छोरीको हत्या गरेका हुन् ।

सिद्धिचरण नगरपालिका वडा नं. ३ अधेरीनारायणस्थानका ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन् । राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए । यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका थिए ।

श्रीमती र छोरीलाई खुकुरी प्रहार गरिसके पश्चात राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । घटनाको बारेमा जानकारी हुनासाथ घटनास्थलमा प्रहरी प्रमुख खनाल सहितको प्रहरीको टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते दुवैको उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाएका थिए । घाईते भएका दुवैजनाको अहिले सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मृतक बालिकाको शवलाई भने पोष्टमार्टमका लागि रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।