नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा पाँच जनाले लिए उमेदवारी फिर्ता


ओखलढुङ्गान्युज । २६ असोज, ओखलढुङ्गा । निर्वाचन आयोगको कार्यक्रम अनुसार आज उमेदवारी फिर्ता गर्ने दिन । उमेदवार मनोनयन दर्ता पश्चात मंगलबार उमेदवारका विरुद्ध उजुरी दिने तालिका थियो । निर्वाचन तालिका अनुसार ओखलढुङ्गामा उमेदवार बनेका कसैका विरुद्ध मंगलबार उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यक्रम तालिका अनुसार बुधबार ओखलढुङ्गामा प्रतिनिधि तथा प्रदेश सभाका पाँचजना उमेदवारहरुले आफ्नो उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार उमेदवार फिर्ता दिनेहरुमा प्रतिनिधि सभाका दुइजना र प्रदेश सभाका उमेदवार तिनजना रहेका छन् । उमेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधि सभा सदस्यका उमेदवार नेकपा (एकिकृत समाजवादी) का योगेन्द्र बस्नेत तथा स्वतन्त्र उमेदवार हर्क बहादुर खड्का रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य तर्फ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एकिकृत समाजवादी)का देवराज दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुराम दाहाल तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एकिकृत समाजवादी)का कमल बहादुर खड्काले उमेदवारी फिर्ता लिएका हुन् । चार दलीय गठबन्धनको मर्म तथा पार्टी केन्द्रको निर्देशन अनुसार आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिएका उमेदवारहरुले उमेदवारी फिर्ता लिएको नेकपा (एकिकृत समाजवादी) ओखलढुङ्गाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।