नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भेनेजुयलामा भिषण वर्षात पश्चात पहिरो, २२ को मृत्यु ५२ बेपत्ता

ओखलढुङ्गान्युज २४ असोज भेनेजुयलामा भिषण वर्षात पछि ठूलो पहिरो गएको छ । भेनेजुयलाको लास टेजेरियास शहरमा भिषण वर्षात पछि पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ भने ५२ जना बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भेनेजुयलाको राजधानी काराकसको दक्षिणमा रहेको लास टेजेरियास शहरमा पहिरोले घर बगाएको बीबीसीले जनाएको छ। ला निना मौसमको ढाँचाका कारण आएको भीषण वर्षापछि कम्तीमा २२ जनाको मृत्यु भएको र थप ५२ जना बेपत्ता भएका हुन्।

भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले आइतबार सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्दै बेपत्ता भएकाहरूको खोजी गरिरहेका जानकारी दिए । उपनागरिक सुरक्षा मन्त्री कार्लोस पेरेज एम्पुएडाले करिब एक हजार आपतकालीन कर्मचारीले पहिरोमा परेकाहरुको खोज र उद्धार गरिरहेका बताए।

एल पाटो नदीमा आएको बाढीसँगैको पहिरोलेलास टेजेरियास गाउँ नै हराएको स्थानीयलाइ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।