नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शोमबार थपिए कोरोनाका ४ हजार ४७ संक्रमित

ओखलढुङ्गान्युज, असोज २६, २०७७ । काठमाण्डौं । शोमबार देशमा ४ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । शोमबार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । शोमबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रबक्ता डा. गौतमले यस्तो जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार मात्रै नेपालमा कोरोना भाइरस संक्रमण भएका २० जनाको मृत्यु भएको थियोे । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । हाल नेपालमा ३३ हजार बढी कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् ।