नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बालिकाको सामुहिक बलात्कार गरेको अभियोगमा ३ पक्राउ

ओखलढुङ्गान्युज, भदौ ३०, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा एक बालिकालाई समूहिक वलात्कार गरेको अभियोगमा तिनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको चम्पादेवी गाउँपालिकाका दुईजना बालक तथा एक किशोर सहित तिनजना रहेका छन् ।

वालिकालाई सामुहिक वलात्कार गरेको अभियोगमा चम्पादेवी गाउँपालिकाका वर्ष १५, १७ र १९ वर्षका ३ जना किशोरहरु रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । उनीहरुले गत भदौ २४ गते वालिकालाई सामुहिक वलात्कार गरेको पिडितको तर्फवाट दिएको उजुरीमा रहेको प्रहरीले जनाएको छ ।

घटना २४ गते भएको भएपनि गाउँमा बाक्लै हल्ला भएपछि २८ गते मात्र प्रहरीलाई खबर भएको थियो । स्थानीय प्रहरी चौकी चुप्लु घोराखोरीलाई जानकारी हुनासाथ आरोपित तिनैजना किशोरहरुलाई भदौ २८ गते साझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका तिनैजनालाई २९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा ल्याईएको थियो ।

ओखलढुङ्गा ल्याईएपछि मंगलबार अदालतवाट तिनैजनालाई म्याद थपगरि अनुसन्धानको प्रकृया थालेको प्रहरी निरीक्षक वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये १ जनाले वालिका वलात्कार गर्न सहयोग गरेको र दुईजनाले वालात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा स्विकार गरेको बताउनुभयो ।

पक्राउ गरेकाहरुलाई ७ दिनको म्यादथप गरि अनुसन्धान थालिएको छ । पिडित वालिकाको पनि स्वास्थ्य परीक्षण गरिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वस्नेतले जानकारी दिनुभयो ।