नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेपालमा कोरोना तिब्रगतिमा वढ्दै, मृत्यु हुनेको संख्या ६५ पुग्यो

ओखलढुङ्गान्युज, साउन २२, २०७७ काठमाण्डौं नेपालमा पछिल्लो समय कोरोना भाईरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । केही दिन अगाडी संक्रमितहरुको संख्या घट्दै गएकोमा पछिल्लो समय पुन संक्रमित हुनेहरुको संख्या बढ्न लागेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६० जना कोरोना संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रबक्ता डा. गौतमका अनुसार यो संगै नेपालमा विहिबार सम्म कोरोना संक्रमित हुनेहरुको संख्या  २१ हजार ७ सय ५० पुगेको छ । डां गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरस संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेका छन् । त्यस्तै २४ घण्टामा  नेपालमा २ सय  ३३ जना कोरोनामुक्त भएका छन् । योसमेत नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ८७ जना नयाँ सक्रमित पुष्टि भएपछि उपत्यका सँगको आवागमनमा कडाई गरिएको छ । विहिबारवाट नै सरकारले सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । वेलुकी ७ बजेदेखी विहान ५ बजेसम्म उपत्यका प्रबेशमा कडाईका साथै हिडडुल गर्न समेत रोक लगाएको छ । कोरोनाको उच्च जोखिममा रहेका देशका १४ जिल्लाका विभिन्न क्षेत्रमा सरकारले निषेधाज्ञा समेत जारी गरेको छ ।