नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रानिवनका एक युवा लिखुले बगाएर वेपत्ता

विवेश श्रेष्ठ, साउन २१, २०७७ । ओखलढुङ्गा । निगाले भञ्ज्याङ्ग रानीवनका एक युवालाई लिखु नदिले वगाउदा वेपत्ता भएका छन् । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १० साविकको रानीवन गाविस निगाले भञ्ज्याङका वर्ष ३६ का रोहित कुमार ढुङ्गेललाई लिखु नदीले बगादा उनी बेपत्ता भएका हुन् ।

केहि दिन अगाडी आफ्नो बाबु सहित सिन्धुली गएका ढुङ्गेल बुधबार घर फर्कने क्रममा चम्पादेवी गाउँ पालिका वडा नं. ३ स्थित सिल्खुको भर्‍याङ भन्ने ठाउँबाट लिखु नदीले बगाएर बेपत्ता बनाएको हो । बुधबार विहान ससुराली सिन्धुलीबाट गाई लिएर फर्कने क्रममा दिउँसो करिब साढे ११ बजेतिर लिखु नदीले बगाएको छिमेकी हरि प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

ढुंगेलसँगै गएका उनका बुवा चन्द्रप्रसाद र सगै फर्किएका ससुरा भने शकुसल रहेका छन् । लिखुको किनारमा रहेको सिल्खुबेसीको भर्‍याङ भन्ने ठाउँमा हिँड्ने क्रममा ढुंगेलका ससुरा चिप्लिएर लडेका थिए । ससुरा लडेपछि ससुरा लाई निकाल्न खोज्दा ढुंगेल हुत्तिएर उर्लीरहेको लिखुको भेलमा परेको बताइएको छ ।

बुधबार दिउँसोको उक्त घटनापछि प्रहरी चौकी पलापुको प्रहरी टोली र स्थानीयबासीले बेपत्ता भएका ढुंगेललाई खोज्न घटनास्थलमा पुगेका थिए । दिनभरि खोज्दा पनि ढुंगेलको अवस्था अज्ञात रहेको रानिवनबाट यादब थापाले जानकारी दिनुभयो ।