नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भदौरे र ठूलाछापमा भिनको स्वास्थ्य सामाग्री सहयोग

ओखलढुङ्गान्युज, असार २०, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा स्वयमसेवी अभियान नेपाल (भिन) ले  दुइओटा स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नं. ६ भदौरे र सिद्धिचरण नगरपालिका वडा नं. २ ठुलाछापमा रहेको स्वास्थ्य चौकीलाई वडा कार्यालय मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

विगत लामो समयदेखी भिनले ओखलढुङ्गाका साविकका केही गाविसहरुमा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले कोरोना महामारी संक्रमणको नियन्त्रणका लागि लकडाउनको बेला पनि स्वास्थ्य संस्थालाई पिपिईसेट, थर्मल गन, ग्लोभ मास्क, हेण्ड वास, सेनिटाईजर लगायतको महत्वपूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

संथाको तर्फवाट संस्थाका संस्थापकहरु भुपेन्द्र घिमिरे, डा. लक्ष्मी प्रसाद घिमिरे, शान्तिराम खतिवडा लगायतको टोलीले वडामा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको भदौरेवाट चोलेन्द्र कार्कीले जानकारी दिनुभयो । संस्थाले भदौरे र ठुलाछापमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संस्थाले लामो समयदेखी ओखलढुङ्गाका ठुलाछाप र भदौरेमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण लगानी गर्दै आएको छ । हाल पनि भदौरेमा संस्थाले ६ जना शिक्षकको व्यबस्थापनमा सहयोग गरिरहेको छ । त्यस्तै यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य क्षेत्रमा सुधार तथा आयआर्जनमा सहयोगका लागि क्षमता विकाससगै विभिन्न तालिमहरुको समेत आयोजना गर्दै आएको छ ।