नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

संसदको बजेट अधिबेशन अन्त्य

ओखलढुङ्गान्युज, असार १८, २०७७ काठमाण्डौं गत बैशाख २६ देखी सुरु भएको संघिय संसदको बजेट अधिबेशन विहिबारबाटै अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई दिएसगै विहिबारवाट संसदको बजेट अधिबेशन अन्त्य भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिबेशन अन्त्य भएको जानकारी गराउनु अगाडी बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको  अधिबेशन अन्त्य गर्नको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदको बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गर्नुभएको थियो ।

यो बजेट अधिबेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । विश्वमा आतंक मच्चाईरहेको कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गर्नुका साथै केही विधेयकहरु पनि पारित गरेको छ ।