नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमण

ओखलढुङ्गान्युज, जेठ २३, २०७७ । ओखलढुङ्गा । प्रदेश नं. १ को १२ जिल्लामा कोरोना भाईरस संक्रमित फेला परेका छन् । बैशाखको पहिलो हप्ता उदयपुरको भुल्केमा देखिएको कोरोना भाईरस जेठ महिनाको तेश्रो हप्तामा प्रदेशका १२ जिल्लामा फैलिएको हो । प्रदेश १ को १४ जिल्ला मध्ये हालसम्म इलाम र ओखलढुङ्गामा भने कोरोना सङ्क्रमित फेला परिसकेका छैनन् ।

बुधवार ताप्लेजुङ, तेह«थुम र पाँचथर जिल्लामा पनि संक्रमण पुष्टि भएसगै प्रदेश नं. १ का १२ जिल्लामा कोरोना भाइरस फैलिएको पुष्टि भएको हो । कोरोना संक्रमण फैलिएका प्रदेश नं. १ का जिल्लाहरुमा उदयपुर, झापा, सुनसरी, धनकुटा, मोरङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुम रहेका छन् । प्रदेश नं. १ मा भेटिएका अधिकांश सङ्क्रमितहरू छिमेकी मुलुक भारतबाट आएकाहरु रहेका छन् ।

बिहीबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २०१ पुगेको छ । कोरोना भाईरस संक्रमण भएकाहरु मध्ये हालसम्म प्रदेश नं. १ मा हालसम्म ७८ जना कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट बिहीबार २७ जना र बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरानबाट तीन जना गरी ३० जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।