नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

ओखलढुङ्गान्युज, जेठ , २०७७ काठमाण्डौं मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फवाट जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रमका बारेमा संसदमा दुईदिन सम्म छलफल भएको थियो । छलफलका क्रममा सरकारको नीति तथा कार्यक्रमको बारेमा उठेका प्रश्नहरुको मंगलबार नै संसदमा प्रधानमन्त्री केपी शर्मावलीले उत्तर दिनुभएको थियो । मंगलबार बसेको संसदको बैठकमा सत्ताधारी सांसदहरुको बहुमत भएपछि बहुमतका आधारमा प्रतिनिधीसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

सरकारको तर्फवाट प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका साना दलहरुले बिरोध गर्दै आएका थिए । मंगलबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेस गरेको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्नुभएको थियो । बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने पक्षका सांसदहरुको बहुमत भएपछि सभामुख सापकोटाले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको हो ।