नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लकडाउनमा ओखलढुङ्गामा बैंक आलोपालो खुल्ने (विवरण सहित)

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा लकडाउनका कारण बन्द रहेको ओखलढुङ्गाका बैंक तथा वित्तिय संस्थाहरु जेठ ४ गते आईतवारवाट आलोपालो खुल्ने भएका छन् । जेठ २ गते ओखलढुङ्गामा बसेको जिल्ला संकट व्यबस्थापन केन्द्र र जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शनिवार एक सूचना प्रकाशित गरि आलोपालोमा सञ्चालन हुने बैंक तथा वित्तिय संस्थाहरुको नामावली सार्वजनिक गरेको हो ।

जिल्ला कमाण्ड पोष्टको शुक्रबारको बैठक अनुसार जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको राष्ट्रिय वाणिज्य बैंक भने सामाजिक दुरी कायम गरि आईतबार देखी शुक्रबार सम्म नै सञ्चालन हुनेछ । जिल्लामा रहेका अन्य बैंकहरु भने लकडाउनको समय अबधिभर सामाजिक दुरी कायम गर्दै हप्तामा बढिमा दुई दिन विहान १० बजे देखी दिउसो १ बजे सम्म सञ्चालन हुनेछन् । ओखलढुङ्गामा राष्ट्रिय वाणिज्य बैंक सहित १४ ओटा बैंकका शाखाहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका अनुसार एनआईसी एशिया बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सीयल बैंक शोमबार र विहिबार खुल्ला हुनेछ । एभरेष्ट बैंक, नेपाल एसविआई बैंक शोमबार र शुक्रबार खुल्ला हुनेछ । कुमारी बैंक विहिबार र शुक्रबार खुल्ला हुनेछ । त्यसैगरि कृषि विकास बैंक मंगलबार र विहिबार, ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक आईतबार र विहिबार, मेगा बैंक आईतवार र बुधबार, लक्ष्मी बैंक, मुक्तिनाथ विकास बैंक मंगलबार, सनराईज बैंक शोमबार र बुधबार सञ्चालन हुनेछन् ।

लकडाउनका कारण बैंक तथा वित्तिय संस्थाहरु मार्फत कारोबार गर्नका लागि समस्या परिरहेका सेवाग्राही र बैंकहरुलाई समेत यो निर्णयले सहज हुने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

कुन बैंक कहिले कहिले खुल्ने ?