नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा लकडाउन उल्लंघन गर्ने एक व्यापारी प्रहरीको नियन्त्रणमा

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा लकडाउनको उल्लंघन गर्ने ओखलढुङ्गाका एक कपडा व्यापारी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाममको जिविस चोकमा कपडा व्यापार गर्दै आएकी अज्जली राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विगत केही दिनदेखी लकडाउनको अवज्ञा गर्नै पसल खुलाउदै आएकी राईलाई प्रहरीको टोलीले सम्झाई बुझाई गर्दापनि प्रहरीको टोलीलाई नै अपब्द बोलेकोले उनीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बजार सुरक्षार्थ सगै कोरोना संक्रमण रोकथामकालागि जारी लकडाउनलाई कार्यान्वयन गराउन खटिएको प्रहरी टोलीलाई नै दुव्र्यबहार गरेपछि उनलाई सम्झाउन केही समय नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले जिल्लामा अत्यावश्यक खाद्यान्न सामाग्री तथा निर्माण सामाग्रीहरुको आपूर्तिका लागि ढुवानी गर्ने केही सवारी साधनलाई समय मिलाएर केही सहजता गर्ने निर्णय गरेको छ । जेठ ५ गते राति  १२ बजे सम्मका लागि जिल्ला कमाण्ड पोष्टको बैठकले नयाँ निर्णय गरेको भएपनि लत्ताकपडा पसलका बारेमा भने केही निर्णय भएको छैन । लकडाउनको अवज्ञा गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० अनुसार कडा कार्बाही गर्ने समेत जिल्ला कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले निर्णय गरेको छ ।