नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेपालमा कोरोना संक्रमित ७ जना थपिए

ओखलढुङ्गान्युज, बैशाख २७, २०७७ । काठमाडौं ।नेपालमा शनिबार थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार ७ जना थपिए सगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार कोरोना भाइरस संक्रमणको शनिबार पुष्टि भएकाहरुमा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला रहेका छन् । त्यस्तै अरु संक्रमित हुनेहरुमा कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

झण्डै डेढ महिनादेखि जारी लकडाउनलाई केही खुकुलो बनाउन लागेको बेला पुन संक्रमितहरुको संख्या बढेको पाइएको हो ।