नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो

ओखलढुङ्गान्युज, जेठ , २०७७ काठमाण्डौं कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या ३ लाख नाघेको छ । गएको २४ घण्टामा विश्वमा करीब २ हजार जनाले ज्यान गुमाएका छन् । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म ३ लाख ३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

वल्र्डमिटरले सार्वजनिक गरेको तथ्याक अनुसार विश्वका विभिन्न देशमा हालसम्म ४५ लाख २४ हजार ४ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमितहरु मध्ये हालसम्म १७ लाख ३ हजार ८ सय ३८ जना निको भएको पनि वर्ल्डमिटरले जनाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढि अमेरिकामा ८६ हजार ९ सय ९२ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै बेलायतमा ३३ हजार ६ सय १४, ईटालीमा ३१ हजार ६ सय ३८, फ्रान्समा २७ हजार ४ सय २५ र स्पेनमा २७ हजार ३ सय २१ को कोरोना भाईरस संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना भाईरस संक्रमित भएकाहरु मध्ये अमेरीकामा ३ लाख १८ हजार २७, स्पेनमा १ लाख ८६ हजार ४ सय ८०, जर्मनीमा १ लाख ५० हजार ३ सय, ईटालीमा १ लाख १५ हजार २ सय ८८ र टर्कीमा १ लाख ४ हजार ३० जना निको भएका छन् ।

विश्वमा कोरोना भाईरस संक्रमणको महामारी फैलिरहेको बेलानेपालको छिमेकी मुलुक भारतमा पनि संक्रमणको दर तिब्र गतिमा बढेको छ । गएको २४ घण्टामा भारतमा ४ हजार भन्दा बढि कोरोना भाईरसका नयाँ संक्रमितहरु बढेका छन् । हालसम्म भारतमा ८२ हजारभन्दा बढि संक्रमित भै सकेका छन् भने मृत्यु हुनेको संख्या पनि २ हजार ५ सय नजिक पुगेको छ ।