नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रुम्जाटारमा ४५ दिने कुशन बुनाई तालिम सम्पन्न

ओखलढुङ्गान्युज, जेठ ३० रुम्जाटार । रुम्जाटारमा ४५ दिने कुशन बुनाई तालिमको समापन भएको छ । आज रुम्जाटारमा आयोजित एक कार्यक्रमका विच सिद्धिचरण नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष रत्न बहादुर गुरुङले तालिमको समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

पूख्र्यौली देखी सिकिरहेको पेशालाई व्यवहारिक रुपमा उतार्दै स्थानीयहरुलाई व्यबसायीक वनाउनका लागि तालिमको आयोजना गरिएको जिल्ला घरेलु विकास समिति ओखलढुङ्गाले जनाएको छ । तालिमको अबधिभर तालिमका सहभागीहरुलाई खाजा खर्च वापत दैनिक रु १ सयका दरले उपलब्ध गराईएको रकम समेत हस्तान्तरण गरिएको थियो ।

२०७६ बैशाख १५ गते देखी सञ्चालन भएको कुशन बुनाई तालिमको आज समापन भएको हो । तालिममा सिद्धिचरण नगरपालिका वडा नं. ४ का ११ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । जिल्ला घरेलु विकास समितिको वार्षिक नियमित कार्यक्रम अन्तर्गत नै तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिमका सहभागीहरुलाई राडीपाखी वस्तुविकास केन्द्रका प्रशिक्षक पदम कुमारी गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला घरेलु विकास समितिका प्रमुख कपिल अधिकारीको अध्यक्षता तथा सिद्धिचरण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रत्न बहादुर गुरुङको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । साथै आजै देखी रुम्जाटारका १५ जना युवाहरुलाई सहभागी गराएर एकहप्ते आईसक्रिम बनाउने तालिमको पनि सुरुवात गरिएको कार्यालयका खरिदार अमलेश कुमार सिंहले जानकारी दिनुभयो ।