नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नागरिक समाजका संस्थाहरु सगठित हुनुपर्नेमा जोड

ओखलढुङ्गान्युज, साउन २१ ओखलढुङ्गा । सामुहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरुले आफुलाई व्यवस्थित र पुनर्गठित गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । इन्सेकले ओखलढुंगामा आयोजना गरेको विकासको लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्र्तक्रियामा सहभागी नागरिक संस्था र सञ्चार क्षेत्रका अगुवाहरुले नागरिक समाजका संस्थाहरुनै मजबुद नभएकाले पुनरसंगठित हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल बार एसोसिएसन जिल्ला बार इकाइका सचिव टुकराज निरौलाले विकास निर्माणको गुणस्तर र सेवा प्रवाहका विषयमा खबरदारी र पैरवी गर्न सञ्चार संस्था र नागरिक समाजका बीचमा साझा धारणा बन्नु पर्ने बताए । उनले खबरदारी गर्ने र छोड्ने होइन निरन्तरता दिएमा मात्रै उपलब्धी हासिल हुने बताए । अहिले विकास भनेको डोजरले सडक निर्मााण् गर्ने मात्रै बुझाइ रहेकाले लक्षित वर्गको क्षमता विकासका काम नभएकाले स्थानीय सरकारको खबरदारी गर्न आवश्यक भएको बताए ।

अपांगता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा क्रियाशील संस्था फोडिड नेपालका अध्यक्ष गोपालमान थापाले विकास निर्माणमा गुणस्तर कायम गर्न सामुहिक रुपमा आवाज उठाउन संचारकर्मी र नागरिक समाजले साझा धारणा बनाएर सहकार्य गर्नु पर्नेमा जोड दिए । थापाले पुनः निर्माणका क्रममा अपांगता, जेष्ठ नागरिक बालबालिका मैत्री संरचाना नबनेकाले त्यस तर्फ पैरवी गर्न आवश्यक भएको बताए ।

गैरसरकारी संस्था महासंघका सचिव टिका भुजेलले सामुहक प्रयासबाट मात्रै लक्ष्यमा पुगिने भन्दै पत्रकार र नागरिक समाजका संस्थाहरुको साझा मुद्दा विकास निर्माण हुनु पर्ने बताइन् । स्थानीय तहले गैर सरकारी संस्थाहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार नकारातमक रहेकाले खबरदारी र साझेदारीबाट दुरी घटनाउन सकिने बताइन् । ट्रान्सपरेन्सि इन्टरनेशनलका जिल्ला अधिकृत भलामान विकले स्थानीय सरकारलाई सहयोग र गलत कामका खबरदारीबाटै सुशासन कायम गर्न सफल भइने बताए ।

कार्यक्रममा सहभागीहरुले संचार जगत र नागरिक समाजका संस्थाहरुको सहकार्यबाटै सुशासन स्थापित गर्न सकिने बताएका छन् । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पैरवीका मुद्दा र नागरिक समाजका संस्था मजोर हुँदा आएका समस्याका बारेमा छलफल गरेका थिए । उनीहरुले सञ्चारमाध्यमले नागरिक समाजका मुद्दालाई पनि उठाउने प्रतिबद्धता जनाएका छन् । छलफलको अन्तमा तीन बुँदे निचोड निकालिएको छ ।

पैरवी प्रभावकारी बनाउन नागरिक संस्थाहरुका बीचमै साझेदारी र सहकार्य गर्नुपर्ने, संचार क्षेत्र र नागरिक समाजका मुद्दामा साझा धारणा बनाइ सहकार्यलाई निरन्तरता दिनु पर्ने र स्थानीय सरकारले नागरिक समाजलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सहकार्य र साझेदारीमा काम गर्नु पर्ने निष्कर्ष निकालिएको छ । इन्सेकलाई सहजीकरण गरिदिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

नागरिक समाजका संस्थाहरुलाई पर्ने नीतिगत समस्याबारे पैरवी गर्न सञ्चार जगत र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा सहभागीहरुले जोड दिए । कार्यक्रममा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी तथा अधिकारकर्मीहरु सहभागी रहेका थिए ।