नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा खाद्यान्न र पेट्रोलियम पदार्थ अभाव

विवेश श्रेष्ठ, जेठ २९ ओखलढुङ्गा । पछिल्ला दिनहरुमा ओखलढुङ्गामा खाद्यान्न सगै पेट्रोलियम पदार्थको अभाव भएको छ । सिद्धिचरण राजमार्गको घुर्मी कटारी सडक खण्डको ठाँटीमा सडक मर्मत कार्यका लागि भन्दै एक महिनाका लागि सडक विभागले नै बाटो बन्द गराएको छ । त्यसैगरि बैकल्पीक बाटोको रुपमा प्रयोग गर्दै आएको विपी राजमार्गको बर्दिवास–खुर्कोट सडक खण्डमा ठूला तथा बढी लोड भएका यातायातका साधन चलाउन सर्बोच्चले रोक्ने आदेश जारी गरेपछि ओखलढुङ्गामा यो समस्या सृजाना भएको हो ।

नेपाल सरकारको आगामी आर्थिक वर्ष ०७५–७६ को बजेट भाषण सगै मूल्य बृद्धिका लागि अवसर खोजिरहेका ठूला व्यापारीहरुलाई बाटो बन्द के खोज्छस कानो आँखो भने झै भएको छ । यही मौकाला छोपेर ठूला व्यापारीहरुले जिल्लामा खाद्यान्नका सामानहरुको मूल्य भारीमात्रामा बढाएका छन् । मूल्य बढेर पनि ढुवानी समस्याका कारण खाद्यन्नसहित पेट्रोलियम पदार्थको अभाव समेत हुन थालेको छ ।

ढुवानीको समस्या देखाउदै व्यापारीहरुले खाद्यन्न, खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेका छन् । ग्यासमा पचास रुपैया देखी एक सय पचास रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । समान्यतया बजारमा अलिक बढि बिक्री हुने सोना मनसुली ३० केजीको प्याक चामलमा एक सय रुपैयाँसम्म मूल्य बढेको बढाएका छन् ।

जिल्लामा पेट्रोलियम पदार्थको समेत अभाव हुन थालेको छ । डिजेल र पेट्रोलको पनि अभाव भएको छ । बर्दिबास–खुर्कोट हुदै जिल्लाका लागि केही पेट्रोलियम पदार्थहरु भित्रिएपनि ट्यांकरचालकहरुलाई सिन्धुलीको प्रशासनले यो पटक जानु, अर्को पटक देखी यो रुटमा नआउनु भनेर पठाउको भन्ने ट्यांकर चालकहरुले जानकारी गराएको भन्दै त्यसका लागि आवश्यक कुरा भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्हरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो । पेट्रोलियम पदार्थ मानवको अनिवार्य आवश्यकको विषयवस्तु समेत भएकोले आवश्यक पहल भैरहेको पनि उहाँले बताउनुभयो ।

मुख्य गरि कटारी–घुर्मी सडक बन्द भएपछि ओखलढुङ्गामा यस्तो समस्या आएको हो । यो कटारी–घुर्मी सडक बन्दका कारण ओखलढुङ्गामा मात्रै नभएर सोलुखुम्बु र खोटाङमा समेत समस्या देखापर्न थालेको छ ।

मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउन सर्बोच्च अदालतले विकल्पका रुपमा रहेको बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि अन्तरिम आदेश दिएसँगै ढुवानीका साधन रोकिएपछि व्यापारीले मूल्य बढाउने र लुकाउने काम गरेको उपभोक्ताको गुनासो छ । सर्बोच्चको अन्तरिम आदेश र सिद्धिचरण लोकमार्गको घुर्मी–कटारी सडक खण्डमा अबरोध भएपछि ओखलढुङ्गामा भैरहेको पूननिर्माणको काममा समेत असर परेको छ ।

सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामाग्री उपलब्ध हुन छाडेको छ । कतिपय सामानको कृतिम अभाव भएको र सामानमा कालो बजारी भैरहेको नागरिकहरुले गुनासो गरेपनि जिल्ला प्रशासन कार्यालय भने मौन बसेको छ । सर्बोच्च अदालतले विपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् ।