नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा सय दिने जनतासग प्रहरी कार्यक्रम सुरु

ओखलढुङ्गान्युज, जेठ १४ ओखलढुङ्गा । ओखलढुङ्गाका प्रदेशसभा सांसद अम्बिरबाबु गुरुङले नागरिकका सुरक्षाको प्रत्याभूतिको ग्यारेण्टी गर्नका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको छ । प्रदेश सरकारको जनता सग प्रहरीको १०० दिने कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अम्बिरबाबु गुरुङले यस्तो वताउनुभएको हो ।

ओखलढुङ्गामा पनि जनता सग प्रहरी कार्यक्रमको आजवाट औपचारिक रुपमा सुरुवात भएको छ । प्रदेश सरकारको सय दिने कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा पनि आजवाट जनतासग प्रहरी कार्यक्रम सुरुभएको हो । कार्यक्रमको प्रदेशसभा सांसद ओखढुङ्गा निर्वाचन क्षेत्र नं. १ क का माननिय सांसद अम्बिरबाबु गुरुङले स्टिकर टाँसेर उद्घाटन गर्नुभएको थियो ।

सय दिने कार्यक्रमको उद्घाटन कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै सांसद गुरुङले नागरिकका लागि सार्वजनिक गरिएको टेलिफोनको दुरुपयोग नगर्न र दुरुपयोग गर्ने वा दुख दिने नियतले फोन गर्नेहरुलाई पनि कडाईका साथ कार्बाही गर्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले सबै नागरिक विना वर्दिका प्रहरी र सबै प्रहरी बर्दी सहितका प्रहरी भएकोले प्रहरी र नागरिक दुबै जिम्मेवार भएर काम गरे सुरक्षामा कुनै समस्या नहुने बताउनुभयो ।

त्यस्तै, शुभकामना मन्तब्य दिदै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले समाजमा प्रबृत्ति र प्रकृती फरक भएका मानिसहरु हुने बताउदै घटना बारेमा तत्काल जानकारी भएमा अपराधीलाई कानूनी दायरामा तुरुन्तै ल्याउन सकिने बताउनुभएको थियो । परिवर्तन भन्ने कुरा सम्भव छ भन्दै त्यसको लागी आजैवाट र आफैवाट सुरुवात गर्न पनि प्रजिअ पन्तले सबैमा अनुरोध गर्नुभयो ।

अभियान कार्यक्रमको उद्देश्य र औचित्यबारे स्पष्ट पार्दै प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले यो सय दिनको अबधीमा प्रहरीहरु सबै नागरिकहरुको घरदैलो सम्म पुग्ने बताउदै कुनै पनि गुनासा, जिज्ञासा भएमा नेपाल प्रहरीको टोल फ्रि नम्बर र आफ्नो व्यक्तिगत नम्बरमा पनि निशंकोच जानकारी गराउन अनुरोध गर्नुभयो । यदि जिल्लाको प्रहरी कै बारेमा पनि कुनै गुनासो भएमा सिधै आफुलाई वा आफुभन्दा माथिल्लो निकायका प्रहरीलाई जानकारी गराएर जिल्लाको शान्ति सुरक्षा व्यबस्थित बनाएर राखिरहन सहयोग गरिदिन सबैलाई अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रमको समापनका साथै शुभकामना मनतव्य राख्दै जिल्ला समन्वय समितिका सभापति जय बहादुर श्रेष्ठले सबै नागरिक र प्रहरी मलिेर सहकार्य गरे देशमा कुनै पनि अशान्ती नहुने भन्दै नागरिक र प्रहरी दुवै एकअर्काका परिपुरक भएको बताउनुभयो ।

ओखलढुङ्गा जस्तै १ नम्बर प्रदेशका सबै जिल्लाहरुमा यो कार्यक्रम आजैवाट सुरुवात भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा देखी ¥याली सहित सदरमुकाम बजारका विभिन्न स्थानहरुमा जनचेतना मुलक सन्देश लेखिएको स्टिकर टास गर्दै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर ¥याली सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मीहरु, पत्रकारहरु, विद्यार्थीहरु सहित १ सय भन्दा बढिको उपस्थिती रहेको थियो ।