नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा खुकुरी प्रहारवाट एकै घरका दुई घाईते, एकको अबस्था गम्भिर

ओखलढुङ्गान्युज, पौष १८, ओखलढुङ्गा ।

ओखलढुङ्गामा खुकुरी प्रहारवाट दुईजना घाइते भएका छन् । घाईते हुनेहरुमा मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं.१ का चक्र बहादुर बस्नेत र उनकै श्रीमती सीता बस्नेत रहेका छन् ।

बस्नेत दम्पतीलाई मंगलबार विहानै छिमेकी टेक बहादुर बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारवाट घाईते भएका चक्र बहादुर बस्नेतको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी उपरिक्षक टिका कार्कीले जानकारी दिनुभयो ।

घटना पछि घाईतेहरुलाई तत्काल उद्दार गरि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा ल्याईएको थियो । सामुदायीक अस्पतालमा उपचार हुन नसकेपछि दिउसै घाईते चक्र बस्नेतलाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । उनकी श्रीमती सीताको भने सामुदायीक अस्पताल सोब्रुमा नै उपचार भै रहेको छ ।

छिमेकमा झगडा हुदा खुकुरी प्रहार गरिएको हुन सक्ने प्रहरीले आकालन गरेको छ । घटना दोषी भनिएका टेक बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरुवात गरेको पनि प्रहरी निरिक्षक कार्कीले जानकारी दिनुभयो ।

आरोपीत बस्नेत केही समय अगाडी ज्यानकेसमा काठमाण्डौमा नै १० वर्षको कारावास भुक्तानी गरि फर्केको ब्यक्ति हुन् ।