नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पक्राउ परेका ढुंगेलको रीहाईको माग गर्दै ओखलढुंगामा चक्काजाम

ओखलढुङ्गान्युज डटकम, कार्तिक १६ गते ।
ओखलढुङ्गामा माओवादी केन्द्रले बुधवार चक्काजाम सहित कोण सभा कार्यक्रम सञ्चालन गरेको छ । मंगलवार पक्राउ परेका आफ्नो नेता एवम् माओवादी शशस्त्र आन्दोनका कमाण्डर बालकृष्ण ढुंगेलको रीहाईको माग गर्दै आधाघण्टा चक्काजाम सगै कोण सभा गरेको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालीकाको केन्द्र मानेभञ्ज्याङ चोकमा कोणसभा तथा चक्काजाम गरी बिरोध जनाएको हो । चुनावी प्रचारप्रसारका लागि यतीवेला गाँउगाँउ नेता तथा कार्यकर्ता पुगेका छन् । त्यसैले माओवादी केन्द्रले सदरमुकाम केन्द्रित नभई स्थानीय स्तरवाटै विरोधको कार्यक्रम गरेको हो । विरोधका कार्यक्रम सगै माओवादी केन्द्र ओखलढुंगाले एक बिज्ञप्ती जारी गर्दै नेता ढुंगेलको रीहाईको माग गरेको छ ।

मानेभञ्ज्याङमा भएको कोण सभालाई संवोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलीटब्युरो सदस्य तथा ओखलढुंगा जिल्ला ईन्चार्ज बाुराम गौतमले दशवर्षे जनयुद्धका मुद्धालाई ब्युँताई आफ्नो पार्टीका नेता ओखलढुंगेली जनताका मुटुका ढुकढुकी बालकृष्ण ढुंगेललाई ससम्मान रीहाई नगरे देश पुनः द्धन्दमा जानसक्ने चेतावनी दिए ।

त्यस्तै, नेकपा एमालेका नेता तथा ओखलढुङ्गे कम्युनिष्ट आन्दोलनका अग्रज लोककृष्ण भट्टराईले सरकारले बृहत शान्ति सम्झौता बिरुद्ध बालकृष्ण ढुंगेललाई गिरफ्तार गरी जेल हालेको र शान्ति सझौता उलंघन गरकोमा दुखः ब्यक्त गर्दै तत्काल बिनासर्त ढुंगेलको रीहाईको माग गरे ।

ओखलढुंगामा भएका माओवादी निकट रहेका भातृ संगठनहरु प्रेस सेन्टर नेपाल, अखिल क्रन्तिकारी , वासीएल, दलित मुक्ती मोर्चा, अनेमसंघ क्रान्तिकारी, अदालत पिडीत संघ, नेवा मुक्ती मोर्चा, मगर मुक्ती मोर्चा , किराँत राष्ट्रिय मुक्त मोर्चा लागाएतका जनवर्गीय संगठनहरुले बिज्ञप्ती जारी गर्दै नेता ढुंगेलको रिहाईको माग गरेका छन् ।

माओवादी केन्द्रले आफ्ना नेताको रीहाईको माग गर्दै सार्वजानीक गरेको प्रेस बिज्ञप्ती :