नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ट्रान्सपरेन्सी ईन्टरनेशनलको आयोजनामा ओखलढुंगामा अन्तक्र्रिया कार्यक्रम

ओखलढुंगा, जेठ २१ ।
ओखलढुंगामा भुकम्प पछीको पुननिर्माणको बारेमा सरोकारवाला निकाय, जिल्लाका उद्योगी व्यबसायी र सञ्चारर्की बिच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भुकम्प पछि नेपाल सरकारको अनुदानमा निर्माण भैरहेका भवन तथा आवासगृहको अवस्था र चुनौतीका बारेमा अन्तक्र्रिया सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा आवास गृह तथा भवनका लागि आवश्यक सामाग्री गुणस्तरहिन, समय नाघेको र महंगो भयो भन्ने जनताको गुनासोको बारेमा छलफल भएको थियो । त्यस्तै, भुकम्प प्रतिरोधी घर निर्माणका क्रममा प्राबिधीक तथा ईञ्जिनियरहरुको बुझाईमा एकरुपता नहुदा निर्माण सम्पन्न भै सकेका घरधनीहरुले दोश्रो तथा तेश्रो किस्ता वापतको रकम पाउनका लागि सिफारिसमा नपरेको विषयमा पनि छलफल भएको थियो ।

छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय ओखलढुंगाका प्रमुख युवराज खरेलले दक्ष मिस्त्रीको अभावमा काममा ढिलाइ भएको बताउनुभयो । “जिल्लामा कृयाशिल विभिन्न गैससहरुले तालिम सञ्चालन गरिरहेका छन् । असार मसान्त सम्म जिल्लामा १७ सय दक्ष मिस्त्रीको उत्पादन हुने भएकोले चाडै त्यसको समाधान हुनेछ ।” उहाले थप्नुभयो “जिल्लामा व्यापारीहरुले विक्री गरिरहेको सामानको माग र आपुर्ती, मूल्यमा एकरुपता ल्याउन तथा गुणस्तरको बारेमा पनि कुरा उठिरहेकोले यसबारेमा जिल्ला प्रशासनको ध्यान जान जरुरी छ ।”

त्यस्तै उद्योग बाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले उद्योगी व्यापारीहरुको बचाउ गर्दै आफुहरुले गुणस्तरहिन सामाग्री नबेचेको दावी गर्नुभयो । “निर्माण सामाग्री ल्याउदा व्यापारीहरलाई त्यती थाहा नहुने भएकोले उत्पादन स्थलकै अनुगमन गर्नु पर्छ ।” अध्यक्ष मास्केले थप्नुभयो “हामीले जिल्लाको दररेट भन्दा माथि गएर पनि मुल्य निर्धारण गरेका छैनौ । तर कहिले काही नेपाली सेना र प्रहरीले खाने रासनको ठेग्गा हाल्ने वेला चामल प्रतिकिलो १ सय ५० कायम गरिदिनु पर्यो भनेर आउछन् । जुन चामलको बजार मुल्य प्रतिकिलो ७० देखी ८० रुपैया पर्छ । तर दररेट भन्दा मुल्य फरक रहेछ भने त्यसलाई हामी तुरुन्तै सच्याउछौ ।”

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले भुकम्प पछाडीका दिनहरुमा गैर सरकारी संघ सस्थाहरुको कृयाकलाप प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “७२ को बैशाखमा गएको भुकम्पका कारण गैससले राहतको खेती गर्ने राम्रो अबसर पाइरहेका छन् । कुन् आउछ, कहिले आउछ, के अनि कसरी कस्तो सामाग्री वितरण गर्छ, जिल्ला प्रशासन कार्यालयलाई केही खबर हुन्न । आवास पुननिर्माणमा सहयोगको नाममा ईज्जत भन्दा बढि बेइज्जत हुन लागिसक्यो । दुई वर्ष वितिसक्दा पनि त्यसैको पछि लागि रहेका छौ ।” उहाँले पुन थप्नुभयो, “भुकम्पले आवास गृह पूर्ण क्षति भएर पनि लाभग्राही सुचिमा नपरेका पिडीतहरुको गुनासोको सन्दर्भमा चाडो टुंगोमा पुर्याउन लागि परेका छौ । बजारमा उठेका समस्या पनि अनुगमन पछि सम्बोधन होला ।”

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा सिद्धिचरण नगरपालिकाको सभाहल ओखलढुंगामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सेवाप्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यवसायी, व्यापारी र पत्रकारहरु गरी दुई दर्जन बढिको सहभागिता रहेको थियो ।