नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

जिल्ला स्वास्थ्य कार्यालय २५ वेडमा विस्तार गरिने

ओखलढुङ्गा ।
जिल्ला अस्पताल रुम्जाटारले सञ्चालन गरेको अस्पतालमा बेड संख्या कम हुदा सेवा प्रवाहमा समस्या हुदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला भित्र रहेका विभिन्न स्वास्थ्य कार्यालयहरुको ठोस वार्षिक योजना र बजेटको पहुँच केन्द्रमा निहीत हुदा पनि सेवा प्रवाहमा समस्या हुने गरेको थियो । आर्थिक वर्ष २०७४/७५ वाट जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले दिने सेवा सुबिधामा थप सरल र सहज हुने भएको छ ।

                             जिल्ला स्वास्थ्य कार्यालयकाे भवन

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले १५ वेडवाट दिदै आएको सेवामा विस्तार गरि २५ वेडको बनाउने तयारी गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य चौकीहरुका लागि उपलब्ध हुने औषधिहरुको अभाव हुदा सेवा प्रबाहमा समस्या भएको स्वास्थ्य चौकीका ईञ्चार्जहरुले बताउने गरेका छन् । औषधीका लागि केन्द्र र क्षेत्र सग मात्रै भर पर्नु परेकोले समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको उक्त समस्याका कारण यस कार्यालय अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले दिने प्रभावकारी सेवामा समस्या हुने गरेको छ ।

नेपाल सरकारको निशुल्क स्वास्थ्य कार्यक्रमअन्तर्गत स्थानिय नागरिकहरुलाई उपलब्ध हुने सेवा सुबिधामा सरलता नहुँदा सरकारी स्वास्थ्य संस्था तथा कर्मचारी प्रति नागरिकले हेर्ने नजर फरक हुन थालेको छ । मौसम परिवर्तन सगै सृजना हुने रोगको उपचारका लागी औषधी नपाएको सगै परिवार नियोजनको अस्थायी साधन समेत निःशुल्क नपाएको नागरिकहरुले गुनासो गर्ने गरेका छन् ।

                         जिल्ला स्वास्थ्य प्रमुख डा‍क्टर प्रमाेद कुमार यादव

“जिल्ला भित्र रहेका स्वास्थ्य संस्थाहरुले वार्षिक कार्ययोजनामा बास्तविक तथ्यांक नल्याउदा वर्ष भरिमा ओखलढुंगा जिल्लालाई कति र के के औषधी आवश्यक हुन्छ भन्ने जानकारीमा समस्या छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर प्रमोद कुमार यादवले भन्नुभयो । यादवले थप्नुभयो “स्वास्थ्य चौकीहरुवाट वर्ष भरिमा आवश्यकता पर्ने औषधीको माग भएता पनि औषधी खरिदका लागि केन्द्र र क्षेत्र सग भर परिरहनु पर्छ । जिल्ला आफैले केही गर्न सक्दैन । औषधी खरिदका लागी जिल्लामा १० प्रतिशत र ९० प्रतिशत बजेट क्षेत्र र केन्द्र सगै हुन्छ । त्यसैले कहिले काही स्वास्थ्य संस्थाहरुमा जिवनजल, सिटामोल देखी परिवार नियोजनको अस्थायी साधनहरुको पनि अभाव हुन जान्छ ।” विगतका कमजोरीहरुवाट पाठ सिक्दै आगामी आर्थिक वर्ष २०७४/०७५ वाट ती समस्यालाई सकेसम्म समाधान गर्नका लागि मातहतका सबै स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई कडाइका साथ निर्देशन दिएको पनि डाक्टार यादवले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयले १५ सैयाको अस्पताल सञ्चालन गरिरहेकोमा अहिले विस्तार गरेर २५ वेडको वनाउने तयारी भै रेहेको छ । जिल्ला अस्पतालमा ७० प्रकारका निःशुल्क औषधी बाहेक विगत आठ वर्ष देखी सामुदायीक औषधी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २०७१ को निर्देशिका र २०७३ जेठमा गरेको परिपत्र अनुसार २०७३ भदौ १ देखी अस्पतालले फार्मेसी सञ्चालन गरेका अस्पतालका डाक्टर सुजन खड्काले जानकारी दिनुभयो । जसका कारण जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि आउने सेवाग्राहीहरुलाई थप सहजता सृजना भएको छ ।

              कर्मचारी कुमार दाहाल सफ्टवेयर प्रणाली मार्फत सेवा दिदै

फार्मेसी सञ्चालन गर्दा विलिङ सिस्टममा एकरुपता कायम गर्न सफ्टवेयर प्रणाली पनि जडान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले निःशुल्क सेवा दिदै सःशुल्क ६४ प्रकारका सेवाहरु पनि उपलब्ध गराएको छ । उपचारका लागि अस्पतालमा पुग्ने गरिव, दलित, बृद्ध, अपाङ्गलाई छुट सुबिधा पनि दिने गरेको डाक्टर यादवले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य कार्यालयहरुले नागरिकलाई दिदै आएको सेवामा थप प्रभावकारी र सरल तथा सहज बनाउन सुरुवात गरिसकिएको छ । जिल्ला भर रहेका सबै गाँउपालिका भित्रका स्वास्थ्य चौकीहरुलाई आफ्नो सेवा क्षेत्र भित्र रहेका नागरिकहरुलाई एक वर्ष भित्र के, कति र कस्तो प्रकारको औषधी चाहिने हो योजना बनाई यथासिघ्र पेश गर्नु भनि निर्देशन दिई सकिएको छ । केन्द्र सँग गर्नु पर्ने आवश्यक समन्वय र सहकार्यलाई तिब्र गतिमा लगिएको पनि उहाँले जानकारी दिनुभयो ।