नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कोरोना भाईरस संक्रमणको आशंकामा ४ जनाको स्वाब परीक्षणका लागि धरान पठाईयो

ओखलढुङ्गान्युज, चैत २४ ओखलढुङ्गा आज ओखलढुङ्गाका चारजनाको स्वाव कोरोना भाईरस परीक्षणका लागि धरान पठाईएको छ । बैदेशिक रोजगारीवाट ओखलढुङ्गा घर आएका चार जनालाई कोरोभना भाईरसको संक्रमणको आशंकमा उनीहरुको स्वावलाई शोमबार धरान पठाईएको ओखलढुङ्गा कमाण्ड पोष्टले जनाएको छ ।

करीक्षणको लागी स्वा पठाईएकाहरुमा दुईजना मोलुङ गाउँपालिकाका र २ जना चिशंखुगढी गाउँपालिकाका रहेका छन् । स्वाव परीक्षणका लागि पठाईनु अघि उनीहरुलाई चिशंखुगढीको खानीभञ्ज्याङ्गमा रहेको क्वारेन्टाईन र मोलुङको रामपुरमा रहेको क्वारेन्टाईनमा राखिएको थियो । हाल उनीहरु चारैजनालाई रुम्जाटार अस्पतालमा रहेको क्वारेन्टाईनमा राखिएको पनि कमाण्ड पोष्टले जनाएको छ । उनीहरुको प्रदेश नं. १ को धरानमा रहेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण हुनेछ ।

यस अगाडी पनि भारतवाट ओखलढुङ्गा आएका दुई युवतीलाई आकस्मिक ज्वरो र खोकी लागेपछि कोरोना भाईरसको संक्रमणका आशंकमा उनीहरुको स्वाव परीक्षणका लागि धरान पठाईएको थियो । उनीहरुसगै आएका परिवारका ७ जनालाई समेत ओखलढुङ्गा सदरमुकाममा रहेको क्वारेन्टाईनमा राखिएको थियो । दुवैजना किशोरीको अवस्था सामान्य हुनुका साथै कोरोना भाईरस संक्रमण परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारेन्टाईनमा नै बस्ने गरि पठाईएको छ ।

नेपालको पश्चिमी जिल्लाका गाउँमा रहेकाहरुलाई पनि कोरोना संक्रमण पाईएपछि गृह मन्त्रालयले विदेशवाट आएकाहरुको स्वाव परीक्षणलाई कडाई गरेको छ । गृह मन्त्रालयको निर्देशनसँगै विदेशबाट आएकाहरुको स्वाब परीक्षणको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । शोमबार थप चार जनाको स्वाब परीक्षणका लागि पठाईए सग कोरोना परीक्षणको प्रक्रिया अगाडि बढाइएकाहरुको संख्या ओखलढुङ्गामा ६ पुगेको छ ।