नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा संभावित कोरोना संक्रमितको ५९ नमूना संकलन, परीक्षण हुदै

ओखलढुङ्गान्युज, चैत २१ विराटनगर । शुक्रवार सम्म प्रदेश नं. १ मा संकास्पद कोरोना भाईरस संक्रमित ५९ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका ५९ जना मध्ये हाल सम्म ४२ जनाको रिपोर्ट आएको र ति सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नमूना संकलन गरि पठाएका ५९ जना मध्ये ४२ को रिपोर्ट नेगेटिभ आएको र १७ जनाको रिपोर्ट आउने क्रममा रहेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका प्रबक्ता डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो ।

हालसम्म मोरङ जिल्लाबाट ९ जना, सुनसरीबाट २५ जना, उदयपुरबाट ४ जना, सोलुखुम्बुबाट ५ जना संकास्पद संक्रमितहरुको नमूना संकलन गरि परीक्षणका लगि धरान पठाईएको छ । त्यस्तै झापाबाट ५ जना, पाँचथरवाट ३ जना, तेह«थुमवाट २ जना, धनकुटाबाट १ जना, भोजपुरवाट १ जना, संखुवासभाबाट १ जना र ओखलढुङ्गावाट २ जना संकास्पद व्यक्तिको नमूना परीक्षणका लागि पठाईएको छ ।

कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले विहिबार सम्म नमूना परीक्षणका लागि अस्पतालमा नाम दर्ता गराएको पनि प्रबक्ता डाक्टर मेहताले जानकारी दिनुभयो । बिहीबार मात्रै ओखलढुङ्गाबाट २ र सोलुखुम्बु जिल्लाबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको हो ।

त्यसैगरि विहीबार सम्म प्रदेश १ मा ११ जना विरामी आईसोलेसनमा भर्ना भएका छन् । भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला रहेका छन् । भर्ना भएकाहरु मध्ये सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २/२ जना महिला रहेका छन् । मोरङबाट ४, ताप्लेजुङ र पाँचथरका १/१ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश नं. १ मा आईसोलेसनमा रहेका ४ जना भने डिस्चार्ज भएका छन् । प्रदेश १ का ४३ अस्पतालले हालसम्म ४ सय १ वेडका  आईसोलेसन तयारी अवस्थामा राखेको छ ।