नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

जबर्जस्ती समाचार हटाइएकोमा पत्रकार महासंघले गर्यो भर्त्सना

ओखलढुङ्गान्युज, चैत २० काठमाण्डौं । नेपाल पत्रकार महासंघले आज एक विज्ञप्ती प्रकाशित गरि एक समाचार अनलाईनमा प्रकाशित भएको समाचारलाई हटाएकोमा भत्र्सना गरेको छ । काठमाण्डौं प्रेस डटकममा प्रकाशित समाचार हटाएको प्रति महासंघले प्रेश विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेको हो ।

महासंघले विज्ञप्ति निकालेर काठमाण्डौ प्रेसमा छापिएको खबर हटाउन दबाब दिइएको र नमानेपछि अनलाइनको प्राविधिक सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनाको भत्र्सना गरेको हो । साथै अनाधिकृत रुपमा समाचार हटाएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।

सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति रहदै आएको छ । यस्तो व्यबस्था हुँदाहुँदै सञ्चार माध्यममा प्रकाशित समाचारलाई राज्य सत्ताको आडमा हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको महासंघले विहिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रता विरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्बाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न विज्ञप्ती मार्फत सरकारसँग माग गरेको छ ।

महासघको विज्ञप्ती