नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कोरोनावाट बच्न विद्यार्थीलाई मोलुङको अभिमुखीकरण  

ओखलढुङ्गान्युज, चैत कुन्तादेवी मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा रहेको सरस्वती माद्यमिक विद्यालयमा स्वास्थ्य चौकी कुन्तादेवीले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । बुधवार विद्यालयमा नै गएर कोरोना भाईरसका बारेमा स्वास्थ्य चौकीले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

विश्वव्यापी रुपमा कोरोना भाईरसको बारेमा फैलिएको भ्रमलाई चिर्दै उक्त भाईरस लाग्नवाट बच्ने उपायको बारेमा बिद्यार्थीलाई अभिमुखीकरण मार्फत जानकारी गराईएको कुन्तादेवी स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र ढकालले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा सरस्वती माद्यमिक विद्यालय कुन्तादेवीका कक्षा ५ देखी ९ सम्मका करीब ८० जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

विद्यालयमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा कोरोना भाईरस भनेको के हो ? कोरोनाका लक्षण कस्ता कस्ता हुन्छन् र यसवाट बच्ने तरिका लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । ओखलढुंगामा अहिले जिल्ला व्यापी रुपमा कोरोना भाइरसवाट बच्ने उपायहरुको बारेमा प्रचारप्रसारलाई तिब्रता दिएको छ ।