नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

प्रदेश नं. १ ः डिपिआरका अभियान्तालाई विकासे मन्त्रालयको जिम्मा

ओखलढुङ्गान्युज, माघ ५ विराटनगर । प्रदेश नं. १ सरकारले आज चारजना राज्यमन्त्रि नियुक्त गरेको छ । नयाँ नियुक्त भएका चारैजना राज्यमन्त्रीहरुले आईतवार नै शपथ लिएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनु भएको छ ।

मुख्यमन्त्री राईले नियुक्ति गरेको राज्यमन्त्रीहरुमा सामाजिक विकास राज्यमन्त्री झापाकी जसमायाँ गजमेर, भौतिक पुर्वाधार विकास राज्यमन्त्री ओखलढुङ्गाका अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री मोरङका विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा ईलामका रामबहादुर मगर रहनुभएको छ । शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो ।

प्रदेश नम्बर १ मा सात वटा मन्त्रालय रहेका छन् । प्रदेश सरकार गठन भएको दुई वर्ष (२३ महिना) सम्म पनि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन् ।

२०७४ फागुन २ गते प्रदेश नम्बर १ को पहिलो मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राईसहित, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आउनुभएको हो ।